प्यूठान । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको अध्यक्षमा लोकराज भुसाल चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको संघको १८ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट भुसालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्ष रमेश केसी, महासचिव उजेली विक, सचिव नुज बहादुर केसी, कोषाध्यक्ष सिता सुनार र सदस्यमा महेन्द्र थापा, हरि गिरी, तुलसा पोखरेल, प्रेम बहादुर केसी र करिश्मा केसी चयन हुनुभएको छ । समितिको सल्लाहकारमा सुर्य बहादुर पन्त, पुर्ण प्रसाद कालाथोकी, निरज हमाल, दामोदर शर्मा र गायत्री घर्तिमगर चयन हुनुभएको छ ।

हुनाराम खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी खड्काले संस्थाले जिल्लामा रहेका अपांगता भएका व्यक्तिको हकहितका लागि उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले कुनै पनि व्यक्ति जुनसुकै समयमा अपांगता हुनसक्ने भएकाले अपांगता भएका व्यक्तिलाई अझै पनि गरिने विभेदको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । संघले जिल्लामा शारिरीक अपांगता भएका व्यक्तिका लागि छात्रवास सहितको निःशुल्क शिक्षाको व्यवस्था गरेकामा खुशी व्यक्त गर्नुभयो । समाज विकासका लागि सवै वर्गको समान सहभागिता र योगदान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन पेश गरिएको थियो । उक्त प्रतिवेदन समेत बन्दशत्रबाट पास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय