माया गिरी, प्युठान । झिमरुकको चिरायु माध्यमिक बिद्यालयमा स्थानीय समाजसेवी मेघ बहादुर केसीले एक लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । मंगलबार झिमरुक गाउँपालिका-६ स्थिति चिरायु माध्यमिक बिद्यालयको सामाजिक परिक्षण, शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कर वितरण कार्यक्रमको अवसरमा झिमरुक गाउँपालिका-६, घुम्नेठाटी बस्ने स्थानीय समाजसेवी मेघ बहादुर केसीले १ लाख १ सय १५ रुपैया राशिको मेघबहादुर केसी तथा श्रीमती देवा केसी अक्षयकोष स्थापना गर्नुभएको हो।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उदेश्यले स्थापना गरिएको अक्षयकोषको रकमको व्याजबाट जेहनदार तथा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनको लागि पुरस्कार वितरण गरिने अक्षयकोष दाता मेघ बहादुर केसीले बताउनुभयो ।

उक्त कार्यक्रममा बिद्यालयमा माध्यमिक तहमा पठनपाठन गर्ने ८ जना शिक्षक शिक्षिकालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ। बिद्यालयको शैक्षिक गुणस्तर, नतिजा र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै माबिमा पठनपाठन गर्ने शिक्षक शिक्षिकालाई प्रोत्साहन स्वरुप नगद २ हजार ९ सय र प्रमाणपत्रले सम्मान गरिएको बिद्यालय प्रधानाध्यापक सीता पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पुरस्कर प्राप्त गर्नेमा यामलाल बिष्ट, चित्रभानु रावत, नरेन्द्र केसी, पुरुस्तोतम शर्मा, कमला जिसी, यादब पोख्रेल, सीता पोख्रेल र बसन्त बहादुर जिसीलाई प्रदान गरिएको हो ।

त्यस्तै बिद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोष रकमबाट बिद्यालयमा उत्कृष्ट, जेहेन्दार, अति गरिब बिपन्न दलित परिवार तथा अतिरिक्त क्रियाकलापको नतिजको आधार दिइदै आएको पुरस्कर वितरण समेत गरिएको छ । पुरस्कर स्वरुप विद्यार्थीलाई टीका खादा सहित स्टेसनरी (कापीकलम) र नगद हस्तान्तरण गरिएको थियो । पुरस्कर पाउँदा विद्यार्थीहरु हौसिएका छन् ।

बिद्यालयको समग्र शैक्षिक गुणस्तर, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक न्याय, बालबालिकाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी, विपद् जोखिम न्यूनिकरण तथा सुशासन लगायतका क्षेत्रमा देखिने गरि काम गर्नुपर्ने कार्यक्रममा बोल्ने सहभागीले बताएका छन् ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थी बीच समन्वयको खाचो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ बताउनुभयो । शैक्षिक सुधारमा विद्यालयका शिक्षक, शिक्षिका अभिभावक र विद्यार्थीले गरेको महत्त्वपूर्ण पर्यासको प्रशंसा गर्दै सामुदायिक विद्यालयका शैक्षिक नतिजामा सुधारको आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले बताउनुभएको हो।

झिमरुक गाउँपालिका-६, स्थित चिसाबाङ्गमा रहेको चिरायु माध्यमिक बिद्यालयले आर्थिक वर्षको सामाजिक परिक्षण कार्यक्रममा आर्थिक, शैक्षिक र भौतिक प्रगति विवरणको समिक्षा गरिएको छ। यो समिक्षाले भावी शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सामाजिक परिक्षण कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको प्रधानाध्यापक सीता पोख्रेल र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले स्पष्ट गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयको प्रधानाध्यापक सीता पोख्रेलले विद्यालयका शैक्षिक प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक चित्रभानु रावत क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रम जनप्रतिनिधि पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, अक्षयकोषदाता, चन्दादाता, स्थानीय बुद्धिजीवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय