
प्युठान । जिल्लाको ज्योति विकास बैंक लिमिटेड बाग्दुला शाखाले झिमरुक गाउँपालिका-६, स्थित चिरायु माध्यमिक बिद्यालयलाई डेक्सबेन्च हस्तान्तरण गरेको छ । बिहिवार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालित कार्यक्रमबाट शाखाले १५ थान डेक्सबेन्च एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
ज्योति विकास बैंकका शाखा प्रबन्धक दिपक खड्का र प्रकाश जिसीले विद्यालयमा पुगेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ र प्रधानाध्यापक सीता पोख्रेललाई हस्तान्तरण गरिएको बिद्यालयले जनाएको छ ।
सामुदायिक बिद्यालयका विद्यार्थीहरुको बसाई व्यवस्थापन र पठनपाठनलाई सहज होस् भन्ने उदेश्यले डेक्सबेन्च हस्तान्तरण गरिएको ज्योति विकास बैंक लिमिटेड बाग्दुला शाखाका शाखा प्रबन्धक दिपक खड्काले जानकारी दिनुभयो । साथै उहाँले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
बैंक शाखाले चिरायु माध्यमिक बिद्यालयलाई छनोट गरेर डेस्कबेन्च सहयोग गरेकोले विद्यालयको तर्फबाट बैंकलाई धन्यवाद व्यक्त गरिएको प्रधानाध्यापक सीता पोख्रेलले बताउनुभयो।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बैंकबाट शाखा प्रबन्धक दिपक खड्का र कर्मचारी प्रकाश जिसी, बिद्यालयको प्रधानाध्यापक सीता पोख्रेल, बिद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, लेखापाल योगेन्द्र केसी, बिद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।