प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङ्गमा दशैंको अवसर पारेर द्वादशी मेला तथा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ। झिमरुक गाउँपालिका-६ चिसावाङ्गको चिरायु माध्यमिक बिद्यालयको प्राङ्गणमा फुलबारी दशैं द्वादशी मेला तथा बृहत सास्कृतिक कार्यक्रम २०८२ को आयोजना गरिने भएको हो।

दशैको दुई दिन पछाडी असोज १८ गते फुलबारी दशैं मेला तथा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष निकेश पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीयले मौलो बनाइ पुज्ने र मौलो पुजापाठ गरी हातमा तरवार लिएर मौलिको वरिपरि सरायँनाँच निकाल्ने चलन रहेको पोख्रेलले बताउनुभयो । केही समय रोकिएको यो कार्यक्रम स्थानीयको सक्रियतामा गएका वर्षदेखि विविध कार्यक्रम सहित सुरु गर्न लागिएको हो । यो कार्यक्रमलाई झिमरुक गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

उक्त मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सहित परम्परागत पन्चेबाजा, लिंगे पिङ, स्थानीय प्रस्तुति रहेको आयोजक समितिका सचिब बिनोद पोख्रेलले जानकारी दिनुभयो । मेला अवलोकन गर्न उक्त दिन स्थानीयको भिड लाग्ने गर्दछ । सो मेलामा स्थानीय कला संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्दै स्थानीय कलाकारहरुलाई प्रोत्साहनमा जोड दिने पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय