प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ विश्व मानसिक स्वास्थ्य दिवस मानाएको छ । शुक्रबार “विपदको समयमा मानसिक स्वास्थ्य” भन्ने मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको हो ।
कार्यक्रम सहजीकरण बिराटनगर नर्सिङ क्याम्पसको असिस्टेन्ट प्रोफेसर शारदा कुँवरले गर्नुभएको थियो । उहाँले मानवीय संकट र आपतकालीन अवस्थामा व्यक्तिले मानसिक तनाव अनुभव गर्ने भएकोले त्यस्तो अवस्थाको सामना गर्न आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्ने बताउनुभयो।
मानसिक रोगिहरु मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने जस्ता लक्षण देखिए मानसिक रोग भएको हो भन्ने बुझेर समयमै रोगको उपचारमा ध्यादिनुपर्ने कुँवरले बताउनुभयो । मनसिक रोगलाई बेलैमा पहिचान गर्न नसक्दा बल्झिदै जाने र रोग कडा भैसकेपछी मात्र अस्पताल जाने गरेकोले समस्या हुने गरेको छ । उहाँले प्रारम्भिक चरण मै चिकित्सकसंग परामर्श गरि उपचार गरेमा मानसिक रोग छिटो निको हुने बताउनुभयो ।
स्थानीय सरकारले आवश्यक नीति निर्माण गर्दै हरेक आपतकालीन प्रतिक्रियामा मानसिक स्वास्थ्य समावेश गर्दै जानुपर्ने, सेवा प्रवाहका लागि नीति, बजेट, संरचना सुनिश्चित गर्ने, बहुक्षेत्रीय समन्वय र सहकार्यलाई प्राथमिकता दिएर आवश्यक औषधि, उपकरण, सेवा केन्द्र र जनशक्ति व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता रहेको जिआईजेट परियोजनाका हेल्थ एडभाईजर बसन्त थापा बताउनुभयो ।
जब विपत्ति आउँछ, प्राकृतिक प्रकोप, रोग महामारी, युद्ध त्यो समयमा मानिसहरूलाई केवल खाना र अस्पताल मात्र होइन, मनको सहयोग, सेवा र समर्थन पनि चाहिने भएकोले यसतर्फ सबैले ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मानसिक स्वास्थ्य समाजमा जटिल बन्दै गएको प्रती चिन्ता व्यक्त गर्दै कमि ल्याउन सबै पक्षको सहकार्य, सहयोग आवश्यक रहेकोले आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका छन् ।
मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा बिरामी लाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।
राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।
मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।
झिमरक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षातामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी,वडा अध्यक्षहरु, जिआइजेट परियोजनाका हेल्थ एडभाईजर बसन्त थापा, स्वास्थ्य शाखा उपप्रमुख हरी जिसी, प्रशासन शाखा प्रमुख हरिप्रसाद पोख्रेल, अनेरास्ववियु छैटौंका केन्द्रिय अध्यक्ष सुवास जिसी, शाखाका प्रमुखहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखा उपप्रमुख हरी जिसीले गर्नुभएको थियो ।




S.K. Creative Media Group