प्यूठान । जेनजी आन्दोलनको समयमा देशका विभिन्न कारागारबाट फरार रहेका थप चार जना कैदीबन्दीलाई प्यूठान प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा कास्की कारागार र केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार रहेका ४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटी गएको विषेश प्रहरी टोलिले पक्राउ गरेको हो ।

फरार रहेका विभिन्न मितिमा पक्राउ परेका मल्लरानी गाउँपालिका-५ का प्रकाश घर्ती, गौमुखी गाउँपालिका-३ का थम्मन पुन, झिमरुक गाउँपालिका-६ का जीवा ढकाल र झिमरुक गाउँपालिका-७ का नारायणी केसीलाई आवश्यक कार्वाहीका लागि जिल्ला कारागार प्यूठान पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने प्रकाश घर्ती र थमन पुन कास्की कारागार, जीवा ढकाल र नारायणी केसी केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो ।

यसअघि प्यूठान प्रहरीले एक जना फरार कैदीलाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ पर्नेमा ५ जना पुगेका छन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशभर उग्ररूप लिएपछि विभिन्न कारागारमा रहेका कैदीबन्दीहरु फरार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय