प्युठान । देशभरबाट नमूना स्वास्थ्य संस्थाको रुपमा छनोट भएका स्वास्थ्य संस्थामा छनोट भएको तोरवाङ स्वास्थ्य चौकीको डकुमेन्ट्री तयार गरिने भएको छ । शुक्रबार मन्त्रालयको एक टोलीले स्वास्थ्य चौकीले सेवा प्रवाहको दौरानमा गरेका कुशल अभ्यास, चुनौती, अवसर र पृष्ठपोषणलाई समेटेर श्रव्यदृश्य डकुमेन्ट्री तयार गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष आयोजना गर्ने वार्षिक समीक्षा कार्यक्रममा देशभरका संघीय, प्रादेशिक र पालिकास्तरबाट उत्कृष्ट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवा प्रदायक संस्थाहरू मध्ये जिल्लाको झिमरुक गाउँपालिका-६ स्थित तोरवाङ स्वास्थ्य चौकी उत्कृष्ट तथा नमूना स्वास्थ्य संस्थाको रुपमा छनोट भएको स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले जानकारी दिनुभयो।
स्वास्थ्य क्षेत्रको महाकुम्भ मानिने यस वर्षकों वार्षिक समीक्षा कार्यक्रम २०८२ मंसिर १२ मा तय गरिएको छ । उक्त कार्यक्रम तयार गर्न लागिएको श्रव्यदृश्य सामाग्री प्रसारण गरिने डकुमेन्ट्री तयार टोलीले जानकारी दिएको छ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा जिल्लामा बिगतवर्षदेखि निरन्तर उत्कृष्ट हुँदै आएको छ। यस स्वास्थ्य चौकीमा प्यूठान जिल्ला लगायत छिमेकी जिल्लाबाट स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य संस्थाको सेवा प्रवाहदेखि समग्र पक्षमा स्थलगत अवलोकन भ्रमण गर्दै आएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
डकुमेन्ट्री तयार टोली, स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा झिमरुक गाऊँपालिका(६ का अध्यक्ष धन बहादुर पुन, स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी लगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति थियो ।





S.K. Creative Media Group