बाहाने । नौबहिनी गाउँपालिकाले गाउँपालिका भित्रका ४२ वटा विद्यालयमा शिक्षक पदपूर्ति गरेको छ । शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन तथा विद्यार्थीको संख्या अत्यधिक चाप र शिक्षकको संख्या अत्यन्तै न्यून रहेकोले शिक्षक विद्यार्थीको अनुपात मिलाई आधारभुत तथा प्राथमिक तहको शिक्षक पदपूर्ति गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच ठूलो संख्यामा शिक्षकको पदपूर्ति गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले सफल उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिदै आफ्नो कर्ममा लगनशील रहि विद्यार्थीको भविष्य निर्माणमा कुनै कसुर बाकी नराख्न समेत सुझाउनुभएको थियो ।

कार्यक्रमका अध्यक्षता गर्नुभएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले नौबहिनिको समग्र शैक्षिक रुपान्तरण गर्न शिक्षक सर्बेक्षण गरि शिक्षक अपुग भएका विधालयमा खुला प्रतिस्पर्धा बाट शिक्षक छनौट गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय