प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि निर्वाचन आयोगले खुलाएको मतदाता नामावली दर्ता अभियानमा प्यूठानमा नयाँ मतदाता थपिएका छन । असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन भएको अभियानमा जिल्लामा तीन हजार २३८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख पदम बहादुर डाँगीका अनुसार कार्यालय पुगेर एक हजार १३८ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन । जसमध्ये ४२६ जना महिला र ८३१ जना पुरुष रहेका छन ।

बाहिरी जिल्लाका १९ जना व्यक्तिको कार्यालयले नामावलीमा नाम दर्ता गरेको कार्यालय प्रमुख डाँगीले बताउनुभयो ।

त्यसैगरी, राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार एक सय जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । कार्यालयले १४२ जनो त्रुटी सच्याउने र ६८ जनाको नामसारी गर्ने काम समेत भएको कार्यालय प्रमुख डाँगीले जानकारी दिनुभयो । कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय