प्युठान । जिल्लाको ऎरावती गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय प्युठानबाट सरुवा भई आउनुभएका सरद गौतमलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ। बुधबार पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौतमलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले बोल्दै पालिकाको दैनिक सेवा प्रवाह सहज र चुस्तदुरुस्त बनाएर काम गर्ने बताउनुभएको छ । उहाँले कर्मचारीले जनतालाई दिइने दैनिक सेवा प्रवाह थप प्रभावकारी बनाउदै जिम्मेवार भएर काम खट्न आग्र गर्नुभयो ।

कर्मचारीले आफ्नो अनुभव, क्षमता र कानुनी दायराभित्र रहेर पालिकालाई अझ सक्षम र नागरिकमैत्री बनाउने तर्फ लाग्नुहुने छ भन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो। नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमले आफुले सकेसम्म सेवा प्रवाहमा जिम्मेवारीपूर्वक, पारदर्शी र सेवा केन्द्रित भएर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा पालिका अध्यक्ष नबिल बिक्रम शाहले स्थानीय सरकारको समृद्धि र विकासका लागि सबैको सहकार्य, समन्वय र जिम्मेवारीपूर्वक काम गर्न सकेमा पालिकाको सेवा प्रवाह र समग्र विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहलाई जनमैत्री बनाउन सबैको सहकार्य जरुरी हुन्छ । उहाँले भन्नुभयो, “नियम कानुनको परिधिभित्र रहेर काम गर्न र गराउन सरकारको हिसाबले हामी सहयोग गर्न तयार छौं ।” सोही अनुसार कर्मचारी समयन्त्र र जनप्रतिनिधि प्रतिफल ल्याउने गरि अगाडि बड्न आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा पालिका अध्यक्ष नबिल बिक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय प्युठानबाट आज सरुवा भई आउनुभएका प्रशासकीय अधिकृतलाई टीका र खादा लगाएर स्वागत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय