प्युठान । जिल्लाको गौमुखी गाउँपालिका-५, ठूलावेसीका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी लालुराम जैसीको ८४ पुँजाको अवसरको विद्यालयमा मञ्च निर्माण गरिएको छ । परिवारको तर्फबाट गौमुखी माध्यमिक विद्यालय ठूलावेसी स्थित विद्यालय परिसरमा मञ्च निर्माण गरिएको हो ।

एक कार्यक्रमका वीच लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले निर्माण गरिएको मञ्चको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम बोल्दै शर्माले उहाँले सामाजिक क्षेत्रमा गरेको सकारात्मक कार्यको प्रसंशा गर्नुभयो ।

सोही अवसरमा मञ्चमा निर्माण गरिएको शिलालेख प्रदेश सभा सदस्य निमा गिरीले अनावरण गर्नुभएको जैसीका छोरा ज्ञामुराम न्यौपानेले जानकारी दिनुभयो ।

मञ्च निर्माणको लागि करिब ७ लाख रुपैयाँ लागतमा सम्पन्न गरिएको न्यौपानेले जानकारी दिनुभयो । परिवारको तर्फबाट निर्माण गरिएको मञ्च आज औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

लालुराम जैसी १९ वर्ष गौमुखी माध्यमिक विद्यालय ठूलावेसीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर विद्यालयको समग्र विकासमा सक्रिय सामाजिक ब्याक्तित्व हुनुहुन्छ। विद्यालयकै विषयमा करिब १३ महिना जेल जीवन समेत बिताउनु परेको स्मरण गर्दै उहाँका छोरा न्यौपानेले बुबाले विद्यालय स्थापनाको लागि २ रोपनी १० आना जग्गा निःशुल्क उपलब्ध गराएको जानकारी जानकारी दिनुभयो।

बिहीबार गौमुखी गाउँपालिका स्थित ठुलाबेसीमा उहाँको चौरासी पुँजामा आशीर्वाद लिनेदिनेको घुइँचो थियो । उहाँ त्यस क्षेत्रमा स्थानीयको सारथिको रुपमा परिचीत सामाजिक व्यक्तित्वको रुपमा गहिरो छाप रहेको छ ।

निमन्त्रणाको रुपमा चौरासी पुजामा जाने प्रायः सबैले उहाँको खुलेर प्रसंशा गरेको देखिन्थ्यो । उहाँ उत्तरी पुर्वी क्षेत्रको माटोले खुबै चिनेको सबैको अभिभावक समेत रहेकोले प्रेरणादायी ब्याक्तित्वको रुपमा हेरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सिराम शर्मा र विशेष अतिथि प्रदेश सांसद निमा गिरी रहेको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय