प्यूठान । नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ । सोमबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती–धाईरे–अधेरी सडक खण्डको शिलान्यास गर्नुभएको हो ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने काम अघि बढ्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभएको छ । “दम्ती अधेरी कच्ची सडक पिच गर्न प्रतिबद्धता जनाएको थिए,” उहाँले भन्नुभयो,“अहिले यो बाटोमा आवश्यक बजेट विनियोजन भएको छ ।” दुई खण्डमा निर्माण थालिने उक्त सडकको ठेक्का लागिसकेको छ । मन्त्री थापाले बाहाने–स्याउलिवाङ खण्डमा समपुरक योजना अर्न्तगत ४२ करोड रुपियाँको काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय