प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका स्थित बहाने बजारमा आजबाट दन्त शिविर हुँदैछ । आजबाट सुरु भएर पौष १५ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।

राप्ती मेडिकल हल वाहाने (मष्टमहाराज हेल्थ केयर सेन्टर बाहाने) र धनन्जय डेन्टल क्लिनिक बुटवल (अनमोल डेन्टल क्लिनिक बाग्दुला) को सहकार्यमा दन्त शिविर हुन लागेको जनाइएको छ ।

शिविरबाट दाँत, मुख, गिजा सम्बन्धी समस्याहरुको विशेषज्ञ दन्त चिकित्सक द्वारा उपचार गरिने छ । शिविरमा विशेषज्ञ दन्त सेवा सहित निःशुल्क परामर्श सेवा, निःशुल्क दाँत निकाल्ने, निःशुल्क दाँतको एक्सरे गरिने लगायतका सेवा प्रदान गरिने धनन्जय डेन्टल क्लिनिक बुटवलका विशेषज्ञ दन्त डाक्टर करिना चिदिमगरले जानकारी दिनुभयो । चिकित्सकीय उपकरण सहित टोलिले दन्त उपचार सेवा दिने उहाँले जानकारी दिनुभयो ।

दाँत सफा गर्ने, दाँत भर्ने, फिक्स दाँत हाल्ने, पुरै सेट हाल्ले, दाँत सम्वन्धी सम्पूर्ण उपचार विशेष छुटका साथ गरिने डाक्टर चिरिमगरले बताउनुभयो । उहाँका अनुसार अमेरिकन पद्धतीबाट दातको आरसिटी समेत गरिने छ । आयोजक संस्थाले यसक्षेत्रका दातका समस्या भएका स्थानीय बिरामीले गाउँमै उपचार सेवा लिन अनुरोध गरिएको छ ।

झिमरुक गाउँपालिकाको मच्छिमा शिविर सञ्चालन गर्दै आएको छ । दन्त सेवामा सयौं दातका बिरामीले उपचार सेवा लिएको अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय