प्यूठान । झिमरुक गाउँपालिका–६, स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सब अभिभावक दिवस तथा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङगणमा आज एक औपचारीक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो । राष्ट्रिय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सबको अवसरमा प्रकाशन गरिएको स्मारीका समेत विमोचन गर्नुभयो ।
प्रमुख अतिथी महतरा क्षेत्रीले विद्यालयमा देखिएको नतिजा र अन्य क्रियाकलापमा देखिएको सकारात्मक कार्यको प्रशंसा गर्नुभयो । बिद्यालयको गुणस्तरीय सुधार र चौतर्फी बिकासको लागि शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको सहकार्य हुनुपर्ने बताउनुभयो । भौतिक विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्दै आएको र बाकी रहेको काम क्रमश पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, जनप्रतिनिधि, पत्रकार, छिमेकी बिद्यालयका प्रधानाध्यापक, चन्दादाता, विद्यार्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षिका माया गिरीको रहेको थियो । बिद्यालयको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रधानाध्यापक बिनोद पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक कमल नगरकोटी र हरि प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न बिद्यालयका प्रधानाध्यापक, कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती थियो ।
कार्यक्रममा एसईईमा आफ्नो विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल र बिद्यालयमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्न सफल शिक्षिका माया गिरीलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको छ भने बालबिकास तर्फ उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्न सफल बालबिकास सहजकर्ता शोभा नगरकोटीलाई नगद सहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै एसईईमा आफ्नो विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्रधानाध्यापक बिनोद पोख्रेल, शिक्षक माधब पोख्रेल, मीन बहादुर पुन, शिक्षिका निमा पुन, खिमा पुनलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । त्यस्तै बिधालयले अतिरिक्त क्रियाकलाप तर्फ शिक्षिका सिता पोख्रेल र शिक्षक हरि प्रसाद उपाध्यायलाई प्रमाणपत्र सहित सम्मान गरेको छ्।
त्यस्तै विभिन्न बिधाका अतिरिक्त क्रियाकलाप पहिलो, दोस्रो र तेर्स्रो हुने विद्यार्थीलाई पुरस्कर वितरण गरिएको छ । स्वर्ण महोत्सव कार्यक्रममा सहयोग गर्ने पुर्व शिक्षिका सरिता पौडेल, इन्द्र्मणी पौडेल, माधब पोख्रेल, सुनिल बस्नेत, खिम प्रसाद पोख्रेल र प्रधानाध्यापक बिनोद पोख्रेललाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा रमाइलो प्रदान गर्न विद्यार्थीहरुले गित, नृत्य प्रस्तुत गरेका थिए ।










S.K. Creative Media Group