प्युठान । अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष मिलन एमसी प्युठान जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्युठानले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ खुल्लाबाट एमसीसहित ७ जनाको नाम सिफारिश गरेको हो।

एमसीसँगै पार्टीले लिलामणि पोखरेल, कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती र प्रेम बहादुर विश्वकर्मालाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा प्युठानले जनाएको छ। प्यूठानबाट सिफारिस भएका सात जनामध्ये एक जनालाई पार्टी केन्द्रले टिकट दिनेछ ।

यस्तै समानुपातिकतर्फ ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस हुने उम्मेदवारमा सरस्वती न्यौपाने, उमा शर्मा, माया विक, इमानसिंह भारती, खेम सुनार, हेमन्त खाम्चामगर, ओविराम विक, मोहन परियार र फत्तेमान परियार रहेका छन् ।

एमसी नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । एमसी उमेरहदका कारण तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको उम्मेदवार हुनबाट बञ्चित हुनुभएको थियो।

खासगरी त्योबेला अखिल क्रान्तिकारीले ३२ वर्ष माथीको नेतालाई अध्यक्ष उम्मेदवार हुनबाट रोक लगाएका कारण उहाँ अध्यक्ष हुनबाट बञ्चित हुनुभएको हो।

उहाँ उक्त विद्यार्थी संगठनको केन्द्रीय सचिव, उपमहासचिवहुँदै उपाध्यक्ष हुनुभएको थियो । विद्यार्थी संगठनको केन्द्रीय प्रवक्ता समेत भइसक्नुभएका एमसी झिमरुक गाउँपालिका-३ बादिकोट प्यूठान निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय