प्यूठान । जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्यूठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।

साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा, कमल पोख्रेल र अग्रज साहित्यकार लिला पुनलाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो । जिल्लाको साहित्यलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तीन जना साहित्यकारलाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठान प्यूठान शाखा अध्यक्ष सानु गुल्मेलीले बताउनु भयो ।

राष्ट्रिय एकता दिवसको अवसरमा प्रदेशस्तरीय साहित्य भेला, स्रष्टा सम्मान र परिसंवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्युठानसहित रोल्पा, अर्घाखाँची, रूपन्देही र पाल्पाका साहित्यकर्मीको सहभागिता थियो ।

परि सम्बाद कार्यक्रममा बक्ताहरु लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, अधिकारकर्मी पार्वता आचार्य र शिक्षक जायश्वर जैसी रहनुभएको थियो । जसको सहजीकरण सुमन सुबेदीले गर्नुभएको थियो ।

प्रतिष्ठानक अध्यक्ष सानु गुल्मेलीको अध्यक्षता, प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत धुर्व गिरी र संचालन लोकेन्द्र जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय