प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाको गाउँ सभाको १९ औं अधिबेशन सम्पन्न भएको छ। मंगलबार ‘सभ्य, समृद्ध र सुखी नौबहिनी’ को परिकल्पना सहित गाउँ कार्यपालिकाको गाउँ सभाको १९ औं अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकताको आधारमा बजेट रकमान्तर गरि बजेट प्रस्तुत गर्नुभएको थियो।

सभाका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष थापाले  समग्र गाउँपालिकाको विकास र सुशासनको लागि लागिरहेको जानकारी दिनुभयो । जनताको अपेक्षा अनुसार काम गर्दै गएकोबताउनुभयो । उहाँले भौतिक पुर्वाधार अन्तर्गत सडक, पुलपुलेसा, खानेपानी, सानासिंचाइ, स्वास्थ्य तथा शिक्षामा प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षका केहि कार्यक्रम संशोधन, रकमान्तर समेत गरिएको सभाका सदस्य सचिब तथा प्रमुख प्रशासकीय अधिकृत खड्क बिकले जानकारी दिनुभयो । उक्त संशोधित योजना तथा कार्यक्रमलाई रकम सुनिश्चितता समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा बसेको अधिबेशनमा उपाध्यक्ष बिस्ना केसी, प्रमुख प्रशासकीय अधिकृत खड्क बिक, वडा अध्यक्षहरु, सभाका सदस्य, शाखा प्रमुख, वडा सचिब, प्राबिधिक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय