ऐरावती । ऐरावती गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ । ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाले किसानलाई अनुदानमा मिनिटिलर प्रदान गरेको हो ।
शनिबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका ३४ जना किसानलाई मिनिटिलर वितरण गरिएको परियोजना संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो । ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा वडाअध्यक्षहरुले किसानलाई मिनिटिलर हस्तान्तरण गरेका थिए ।
ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको साझेदारीमा गाउँपालिकामा करिव ३ वर्षदेखी परियोजना लागु भएको छ । पालिका भित्रका सवै वडामा ५२ वटा समुह गठन गरि कृषि र पशुपालनको व्यावसायिक उत्पादन र बजारीकरणमा परियोजनाले काम गर्दै आएको छ ।






S.K. Creative Media Group