प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-६ स्थित चिसावाङ्गमा रहेको चिरायु माध्यमिक बिद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्ष एमसीले दिपप्रजोलन गरि उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वक्ताहरुले बिद्यालयले क्रमश नतिजामा सुधार गर्दै गएको र आगामी दिनमा अझै सुधारको लागि थप पर्यास गर्नुपर्नेमा बताएका थिए ।
बोल्ने वक्ताहरुले पढाइ बाहेक खेल, साहित्य, गीत संगीतलगायत विविध क्षेत्रमा पनि क्रियाकलाप सञ्चालन गर्दै आएको र उक्त अतिरिक्त क्रियाकलाप पनि विद्यालयले उत्कृष्टता हासिल गरेको बताउनुभएको थियो ।
शैक्षिक सुधारमा सबैको पहलकदमी आवस्यक रहने भएकोले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधि उतिकै जिम्मेवार भएर लाग्नुपर्ने बोल्बे बक्ताहरुको जोड थियो ।
कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, वडा नम्बर ६ का अध्यक्ष धन बहादुर पुन, राजनीतिक दलका प्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, छिमेकी बिद्यालय प्रधानाध्यापक, चन्दादाता, अभिभावक विद्यार्थी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिद्यालयको प्रधानाध्यापक सीता पोख्रेलले बिद्यालयले वार्षिक रुपमा गरेको प्रगति प्रतिबेदन तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सहायक प्रधानाध्यापक बसन्त जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चित्रभानु रावत क्षेत्रीले गर्नुभएको थियो ।
विद्यालयका सबै कक्षाहरुका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई र अतिरिक्त क्रियाकलापम उत्कृष्ट हुने विद्यार्थी सम्मान गरिएको थियो । त्यस्तै नतिजामा सुधार गर्ने विभिन्न विषयगत शिक्षक, शिक्षिकालाई सम्मान गरिएको थियो । विभिन्न उदेश्य सहित बिद्यालयमा स्थापना गरिएका अक्षयकोषको रकमबाट पुरस्कार वितरण गरिएको स्कुल प्रशासनले जनाएको छ ।




S.K. Creative Media Group