प्यूठान । प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट १४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन । मनोनयन दर्ता गराउने उम्मेदवारहरु सवैभन्दा धेरै झिमरुक गाउँपालिका र प्यूठान नगरपालिका क्षेत्रका रहेका छन ।
झिमरुक गाउँपालिका क्षेत्रबाट नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्री, राष्ट्रिय जनमोर्चाका तिलक जिसी, श्रम संस्कृति पार्टीका गोविन्द गिरी, नेपाली जनता दलका विमल प्रसाद पोख्रेल र आम जनता पार्टीका रोम बहादुर थापाको मनोनयन परेको छ ।
प्यूठान नगरपालिका क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैदिक, मंगोल नेशनल अर्गनाइजेशनका हर्क बहादुर पुन, प्रगतिशिल लोकतान्त्रिक पार्टीका श्याम गहतराज र राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरि ऐरावती गाउँपालिका क्षेत्रबाट नेपाली कांग्रेसका गोविन्दराज पोख्रेल, मल्लरानी गाउँपालिका क्षेत्रबाट नेकपा (संयुक्त)का नवीन कुमार कक्षपति, गौमुखी गाउँपालिका क्षेत्रबाट नेशनल रिपब्लिक नेपालका तारा सि थापा मगर र स्वर्गद्धारी नगरपालिका क्षेत्रबाट नेकपा (माओवादी) का सिता विकले मनोनयन दर्ता गराउनुभएको छ ।



S.K. Creative Media Group