प्युठान । नेकपा (एमाले) प्यूठानका इन्चार्ज तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानका उम्मेदवार सुर्य थापाले संकटका बेला जनताको आवाज ढुक्कसँग बोल्न र राष्ट्रियताको सवालमा अडिग भएर उभिन सक्ने पार्टी नेकपा (एमाले) भएको बताउनुभएको छ ।

बुधबार जिल्ला पार्टी कार्यालय बिजुवारको सभाहलमा आयोजित जनवर्गीय संगठनसँगको बैठकलाई सम्बोधन गर्दै थापाले संविधान, लोकतन्त्र, देश र जनताप्रति हुने आक्रमणको सामना गर्ने सामर्थ्य एमालेसँग मात्रै रहेको बताउनुभयो ।

आगामी निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

मुलुकमा भएका हरेक चुनौती र चौतर्फी घेराबन्दीका बीच पनि एमालेले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य मान्यता र जनताको अधिकारको रक्षाको निम्ति निरन्तर संघर्ष गर्दै आएको पार्टी भएको बताउनुभयो ।

आसन्न निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ । थापाले सुशासन, विकास र स्थायित्वको पक्षमा निरन्तर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले ‘संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ’ भन्ने आह्वान गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लाई विजयी बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि चुनावी योजना निर्माण गर्दै बैठक गरिएको जनसंगठन संयन्त्रका संयोजक एवं एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो ।

बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तुल्सीराम शर्मा, प्रदेश कमिटी सदस्य श्रीधर रोका, भगवती खड्का लगायत पार्टीका जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जनसंगठन संयन्त्रका अध्यक्ष तथा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको एमाले प्यूठानका इन्चार्ज एवं प्रतिनिधि सभा सदस्यका उम्मेदार सूर्य थापाको प्रमुख आतिथ्यतामा रहेको थियो। बैठकको संचालन संयन्त्रका सचिव नेगनसिंह कुवरले गर्नुभएको थियो ।

जनसंगठन संयन्त्रको बैठकमा जिल्लामा क्रियाशिल एमाले सम्वद्ध जनवर्गीय संगठनका पदाधिकारी, जिल्ला, प्रदेश तथा केन्द्रीय कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । बैठकमा सबै जनवर्गीय संगठनले रिपोर्टिङ तथा चुनावी योजना बारे सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय