प्यूठान । नेकपा (एमाले)का तर्फबाट प्यूठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाले आफु चुनाव जितेर हराउने मान्छे नभएको बताउनुभएको छ । चुनाव जित्नका लागि मात्र नभई जिल्लावासीको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो ।
३३ महिनाको कार्यकालको अवधिमा जिल्लामा भएका ४१ वटा कार्यक्रममा आफु सहभागी भएको उहाँले सुनाउनुभयो । ‘१ हजार २१ दिन कार्यकाल रह्यो, १०० दिन सहकारी छानविनको अध्ययनमा विताए, संसद बैठकमा सहभागी भए ।’ ,उहाँले भन्नुभयो, ‘१६ महिना गुल्मी र ४ महिना अर्घाखाँचीको जिम्मेवारीमा रहँदा समेत नियमित जिल्ला आउने गरे ।’ १९६ दिन प्यूठानमा सहभागी भएको उहाँको भनाई थियो ।
सरुमारानी गाउँपालिका–३ गाहाचौतारीमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामान्य किसान परिवारमा जन्मिएर जिल्लाको प्रतिनिधत्व संसदमा गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो ।
बारबरा फाउण्डेसनका सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको प्रति लक्षित गर्दै उहाँले विदेशी संघसस्थाले बोकेर ल्याएको उम्मेदवार भएको बताउनुभयो । विदेशीहरुले नै चलाउने मान्छे आफु नभएको उहाँले जिकिर गर्नुभयो ।
विगतमा केहि कमिकमजोरी भए मतदाताको सुझाव अनुसार सुधार गर्दै अघि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।



S.K. Creative Media Group