प्यूठान । नेकपा (एमाले)का नेता सूर्य थापाले आफ्नो पार्टी सरकारमा रहनु र नरहनुको अन्तर जनताले बुझेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्यूठानमा भएको मतदाता भेटघाट कार्यक्रमका क्रममा बोल्दै उहाँले एमालेको सरकार हुँदा र नहुँदाको अन्तर जनताले व्यवहारमा भोगेको उल्लेख गर्नुभयो ।

अहिलेको निर्वाचन सिंहदरबार बनाउने र सिंहदरबार जलाउने वीचको भएको उहाँको भनाई थियो । ‘केपी ओली नेतृत्वको सरकारले भुकम्पले ढलेको सिंहदरबार, धरहरा, ८ लाख बढि घरवास विहिनहरुको आवास निर्माण ग¥यौं ।’ ,उहाँले भन्नुभयो, ‘एमाले सरकारमा नहुँदा बाढि पहिरो पीडित, जाजरकोट, रुकुमका भुकम्प पीडितहरुले राहत पाउन सकेका छैनन ।’

अहिलेको निर्वाचनले गैर जिम्मेवार अनाधिकृत व्यक्तिहरुलाई सरकारबाट हटाएर एमाले नेतृत्वको सरकार जनताले ल्याउने उहाँले दाबी गर्नुभयो ।

देश रहने की नरहने, संविधान रहने कि नरहने, नागरिक सर्वाेच्चता, राष्ट्रिय स्वाभिमान रहने की नरहने भन्ने गम्भिर अवस्था सृजना भएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता थापाले चिन्ता व्यक्त गर्नुभयो । जनताले गर्ने एक निर्णयले देशलाई सहि दिशा दिने की विदेशीको बुख्याचा र सिखण्डीले शासन गर्ने भन्ने तर्फै लैजाने भएकाले गम्भिर भएर मतदानमा सहभागी हुन उहाँले आव्हान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय