प्यूठान । चुनावी भेटघाटका क्रममा बस्ती–बस्ती पुगेका एमाले नेता सूर्य थापासँगै स्थानीय नाँच्ने गरेका छन् । चुनाव केन्द्रीत ‘सलल सलल प्यूठानमा घाम लाग्यो झलल’ बोलको गीत घन्किने गरेको छ ।
दिदिबहिनी बा–आमा दाजुभाई
सूर्यमा छाप भोट सूर्य थापालाई
सलल सलल प्यूठानमा घाम लाग्यो झलल
पहिलो पटक मतदान गर्ने मतदाताहरुले एमालेकै विश्वास लाग्ने गरेको गीतको पहिलो हरफले बोलेको छ ।
यसपालि त मेरो पनि भोट हाल्नेमा नाउछ,
सबैभन्दा विश्वास मलाई एमालेकै लाउछ
पहिलो पटक संसद प्रवेश गर्नुभएका थापा संसदीय समिति ‘अर्थ समिति’मा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । ३३ महिने आफ्नो संसदीय कार्यकालमा प्यूठानको विकासमा सधैं चिन्तित रहेको विषय गीतको दोश्रो हरफले उठाएको छ ।
जरैबाट बुझेका छन् देशको अर्थतन्त्र
प्यूठानको समृद्धि हो उनको मुल मन्त्र
नौ स्थानीय तह र ६४ वटा रहेको प्यूठानमा जिल्लावासीहरुकै चाहना अनुसार विकास एजेण्डा बोक्ने गरेको कुरा गीतको तेश्रो हरफमा उल्लेख गरिएको छ ।
जिल्लाभरका नौ पालिका ६४ छन् वडा
जनताले चाहे जस्तै विकास गर्ने जोड
पार्टीको पोलिटव्यूरो सदस्य, प्यूठान जिल्ला इन्चार्ज र समय समयमा प्राप्त गरेको गुल्मी र अर्घाखाँची जिल्लाको जिम्मेवारी पनि उहाँले निर्वाह गर्नुभयो । जिम्मेवारी पाउँदा कुसलता पूर्वक भुमिका निर्वाह गरेकैले सहकारी बचत रकम अपचलन सम्बन्धी संसदीय छानविन समितिको सभापति भएर तोकिएको समयमै प्रतिवेदन तयार गरेको विषयलाई गीतको चौथो हरफमा समेटिएको छ ।
कुशलता साथ पुरा गरे जिम्मेवारी पाउँदा
त्यसैले हो सहकारीको छानविन रिपोर्ट आउँदा
पार्टीको बैचारिक मोर्चा संगठनमा सक्रिय भुमिका निर्वाह गर्दै नेकपा (एमाले)को नवौं महाधिवेनबाट उहाँ केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित हुनुभयो । राजनीतिको अनुभव, बैचारिक ज्ञान पछि संसदीय यात्रा सम्म आउँदा जिल्लाकै मुहार फेर्ने उहाँको लक्ष्यलाई गीतको पाँचौं हरफमा समेटिएको छ ।
राजनीतिको अनुभव छ विचारको ज्ञान छ
प्यूठानीको अनुहारमा खुसी छर्ने ध्यान छ
जिल्लाको प्रतिनिधिको रुपमा देशकै पहिलो दल एमालेको नेतृत्व तहमा रहेर विकसित प्रविधिको अधिकतम उपयोग गर्दै मुलकलाई नै निकास दिन सक्ने नेता रहेको गीतको छैठौं हरफमा चर्चा गरिएको छ ।
प्रविधिको उपयोगमा युग सुहाउँदो विकास
यस्तै सक्षम नेता छाने पाउँछ देशले निकास
कलाकार बैकुण्ठ महतको शब्द संगितमा तयार पारिएको गीतमा बाबुराम पन्थी र करिस्मा घर्ति मगरको आवाज रहेको छ । गीत नौबहिनी मिडियाका युट्युव च्यानलमा उपलब्ध छ ।
पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://youtu.be/LXym4o2gdLw?si=tplQVVjhYc824JOi



S.K. Creative Media Group