प्युठान । फागुन २१ गते हुने निर्वाचनका लागि दलका उम्मेदवार आ(आफ्नो कार्यक्रम लिएर घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । बिहिवार राष्ट्रिय जनमोर्चाले प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा बस्तीमा पुगेर राष्ट्रियताले राष्ट्रियताको रक्षाका जनता सचेत हुनुपर्ने बताएको छ ।
प्युठान नगरपालिकाका विभिन्न टोलहरुमा जनताको उत्साहजनक माया प्राप्त भएको राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीले प्रतिक्रिया दिनुभयो । मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन र राष्ट्रियताको पक्षमा जनताको व्यापक साथ सहयोग समर्थन रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अखिल छैटौंका केन्द्रिय अध्यक्ष सुवास जिसीले देश निकै अफ्ट्यारो अवस्थामा रहेको बताउनुभयो । खास गरि अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको स्पष्ट पार्नुभयो ।
अहिले अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ। ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाल भुमि प्रयोग नगरिकन अर्को बाटो छैन । त्यसैले नेपाललाइ युद्ध मैदान गराउने रणनीति अनुसार काम भैरहेकोले मतदाता सचेत भएर मतदान गर्ने बेला आएको बताउनुभयो ।




S.K. Creative Media Group