प्यूठान । नेकपा (एमाले) प्यूठानले आफ्ना प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापा सहितको घरदैलो अभियान बुधवारदेखि झिमरुक गाउँपालिकामा शुरु भएको छ ।

सरुमारानीको बड्डाडाबाट सुरु घरदैलो अभियान आज बिहान झिमरुक गाउँपालिकाको मच्छिमा युवाहरुसँग छलफल तथा भेटघाट पछि चुनावी अभियान सुरु गरिने भएको नेकपा एमाले झिमरुक गाउँपालिकाले जनाएको छ ।

जिल्लाका ९ पालिकामध्ये यो आठौं पालिका हो । यसअघि आठ वटा पालिकाका गाउँबस्तीमा पुगेर एमालेले मत मागिसकेको छ । अन्तिममा प्यूठान नगरपालिकामा कार्यक्रम गर्ने योजना रहेको एमालेले जनाएको छ ।

झिमरुकमा शुरु भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुले उम्मेदवार थापालाई टिका, अविर र माला लगाएर स्वागत गरेका छन् । यहाँ कुल ८ वटा वडाहरु छन् । कार्यक्रममा पुगेका सवै वडा र वस्तीहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता र हौसला मिलेको उम्मेदवार थापाले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय