प्यूठान । नेकपा (एमाले) प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाको घरदैलो अभियानमा सहकारी विज्ञ टिकाराम पोख्रेलले साथ दिनुभएको छ । सोमवार प्यूठान नगरपालिका वडा नम्वर ८ स्थित मुख्य बजारकेन्द्र बाग्दुलाको घरदैलो अभियानमा पुगेर पोख्रेलले थापाको अभियानलाई सघाउनु भएको हो । उहाँ नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । पोख्रेल तत्कालिन प्रेस सेन्टर नेपालको प्यूठानका अध्यक्ष र लुम्विनी प्रदेश कमिटीको पूर्व सचिव समेत भइसक्नुभएको छ ।
पूर्व माओवादीका विद्यार्थी नेता समेत रहेका पोख्रेल हाल नेपाली कम्युनिष्ट पार्टी लुम्विनी प्रदेश कमिटीका सदस्य समेत हुनुहुन्छ । उहाँ प्यूठान नगरपालिका वडा नम्वर ७ टिकुरी निवासी हुनुहुन्छ । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल पोख्रेलले एमाले नेता सूर्य थापाको नेतृत्वमा गठित समस्याग्रस्त सहकारीहरुको अध्ययन गर्न बनेको संसदीय विशेष छानविन समितिको सभापती हुँदा सार्वजनिक गरेको प्रतिवेदनले आफूलाई प्रभावित गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।
सहकारी ठगीहरुको पहिचान र बचतकर्ताको रकम फिर्ताका लागि ठोस प्रतिवेदन नेपाल सरकारलाई उपलव्ध गराएकोले थापा पूनः निर्वाचित सांसद् भएपछि देशभरको सकारी अभियान अझ सुदृढ हुने अपेक्षा गरिएका पोख्रेलले बताउनुभएको छ ।
‘सूर्य थापा ०७९ मा पहिलोपटक प्यूठानबाट संघीय सांसद्मा निर्वाचित हुनुभयो र प्रतिनिधीसभासले बहुमतका साथ पास गरेर उहाँलाई सहकारी छानविन समितिको संयोजक बनायो’,पोख्रेलले भन्नुभयो, ‘उहाँको नेतृत्वमा गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनले देशमा मात्र होइन्, विदेशमा पनि चर्चा पायो । देशभरका सहकारीहरुको बेथितीलाई प्रतिवेदनले छर्ल® पा¥यो । उहाँ काम गर्ने व्यक्ति हो । जनताको काम गर्ने राम्रो व्यक्तिलाई सवैले साथ दिनुपर्छ ।’
पोख्रेलको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार थापाले प्रतिक्रिया दिएका छन् । पोख्रेल प्यूठानका स्थापित पूर्व विद्यार्थी नेता समेत हुनुहुन्छ । ०५७ सालमा अनेरास्ववियुको तर्फबाट स्वर्गद्धारी बहुमुखी क्याम्पस प्यूठानको सभापती समेत निर्वाचित भइसक्नु भएको थियो ।



S.K. Creative Media Group