नौबहिनी । नौबहिनी गाउँपलिकामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया तथा योजना निर्माण कार्यक्रम सुरु भएको छ ।
शनिबार औपचारिक रुपमा कार्यक्रमको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले उद्घाटन गरेसङ्गै अन्तरक्रिया सुरु भएको हो । अन्तरक्रिया पश्चात् योजना निर्माण र शैक्षिक गुणस्तर सुधार सम्बन्धी कार्ययोजना तयार गरिने नौबहिनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख मेघराज बोहराले बताउनुभएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका स्तरीय शिक्षा समिति, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतका सरोकारवाला व्य्कतिहरुको उपस्तिथि रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षण त्रिभुवन विश्वविद्यालयका डा. विष्णु पोख्रेलले गर्नुहुनेछ ।



S.K. Creative Media Group