प्यूठान । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगील समाजमा विद्यमान विभेद, असमानतालाई न्यूनिकरण गर्न पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको २०८३ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा नगर प्रमुख योगीले पत्रकारले चलाउने कलमलाई सशक्त बनाउँदै समाजलाई एकतावद्ध बनाउनेतर्फ लैजानुपर्ने बताउनुभयो ।
उहाँले राज्यले प्रदान गरेका हक अधिकार प्राप्तीका लागि समेत पत्रकारिता क्षेत्रले सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो । विगतको समाजमा भन्दा पछिल्लो समय विभेद न्यूनिकरण हुँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले दलित समुदायको आवाज अरु पत्रकारले पनि उठाउने गरेको र दलित पत्रकारले थप वकालत गर्ने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय राज्यले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने उदेश्यले विज्ञापन निति ल्याएको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय स्तरका सञ्चारमाध्यमको संरक्षण गर्नु स्थानीय सरकारको समेत कतव्य भएको बताउनुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा, दलित पत्रकार संघ प्यूठानका अध्यक्ष कमल विक, प्रगतिशिल पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लोकेन्द्र सुनार र सञ्चालन सचिव अनिल नेपालीले गर्नुभएको थियो ।



S.K. Creative Media Group