प्यूठान । गौमुखी गाउँपालिका–४ पुँजा लिवासे नजिकै मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । गौमुखी गाउँपालिका–१ अर्तुवाङ निवासी अन्दाजी २५ वर्षीया हेमराज मगरको घटनास्थलमै ज्यान गएको हो ।
मोटरसाईकल र मानिसको शव सडकदेखि तल खोलामा शनिबार विहान फेला परेको हो । मगर गौमुखी गाउँपालिका–५ ठुलावेशीमा आँखा उपचार केन्द्रमा कार्यरत हुनुहुन्थ्यो । बेलुका घर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ ।



S.K. Creative Media Group