प्यूठान । जिल्लाका किसानलाई अदुवा बाली प्रशोधन तथा क्याण्डी बनाउने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकार्य प्यूठानको आयोजनामा किसानलाई तालिम दिइएको हो ।
जिल्लामा अदुवावालीको सम्भावना र उत्पादित बस्तुको बजारीकरण गर्ने उदेश्यले तालिम आयोजना गरिएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । किसानलाई ३ दिनसम्म प्रयोगात्मक रुपमा क्याण्डी बनाउन सिकाइएको उहाँले बताउनुभयो । साथै अदुवा खेती, नयाँ प्रविधि र प्रशोधन विधिबारे सहभागीलाई तालिम दिइएको उहाँको भनाई छ ।
तालिमको सहजीकरण अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका प्राविधिक सूर्य भुषालले गर्नुभएको थियो । तालिम समापनमा प्रमुख जिल्ला अधिकारीले शान्तिराज प्रसाईंले उत्पादित बस्तुको बजारीकरणका लागि कृषि सामाग्रीको प्रशोधन महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन जयन्ती मल्लले गर्नुभएको थियो ।



S.K. Creative Media Group