प्यूठान। जिल्लाको झिमरुक गाउँपालिका-६, ले योजना तर्जुमा पुर्व सरोकारवाला बीच छलफल थालेको छ । सोमबार वडा कार्यालयको सभा हलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्था, कार्यालय र सरोकारवाला लगायतको उपस्थितिमा आर्थिक वर्ष २०८३/०८४ को लागि योजना तथा कार्यक्रमका बिषयमा छलफल गरेको हो ।

झिमरुक गाउँपालिका-६, का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पुर्वाधार लगायत सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिएर योजना तथा कार्यक्रम बनाउन सुझाव दिएको थियो । वडामा चालू आबमा संचालित योजनाको काम छिटो सम्पन्न गरेर भुक्तानी लिन समेत उपभोक्ता समितिलाई सुझाव दिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । सरोकारवाला बिच भएको छलफलबाट आफू उत्साहित भएको बताउनुभयो ।

सबैबाट सकारात्मक सल्लाह, सुझाव आएकोले सोही आधारमा आगामी आबको योजना तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, संघसंस्था, कार्यालयका प्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय