प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका स्थित एक सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ । सरुमारानी गाउँपालिका वडा नम्व ५ स्थित जस्पुर सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
सिसौको रुखमुनी लुकाई छिपाई राखेको भरुवा बन्दुक प्रहरी चौकी बड्डाँडाको टोलीले शुक्रबार बेलुका करीव ७ बजेतिर बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उक्त भरुवा बन्दुको विषयमा थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।


S.K. Creative Media Group