काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

नेपाली सेनाका अनुसार चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म छ जना, फिलिमबाट हुल्चुकसम्म चार जना, यारुबाट हुल्चुकसम्म १५ जना, हुल्चुकबाट फिलिमसम्म एक जना, नाम्रुङबाट फिलिमसम्म दुई जना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएकामध्ये एक शिशु, दुई बालक र एक विदेशी नागरिकसमेत रहेका छन।अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय