दाङ। दाङ जिल्ला उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नरेशकुमार श्रेष्ठलाई पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
निर्वाचनमा गहतराज नेतृत्वको साझा व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ विजयी हुनुभएको छ ।
यसैगरी सचिवमा भीमसेन डाँगी र सह कोषाध्यक्षमा शालिग्राम आचार्य विजयी हुनुभएको छ । यी दुवै गहतराज प्यानलबाट निर्वाचित हुनुभएको हो ।
त्यसैगरी, महासचिव पदमा श्रेष्ठ प्यानलका माधव खनाल विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा श्रेष्ठ प्यानलका उम्मेदवार विजयी हुनुभएको हो ।

S.K. Creative Media Group