काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको छ।
सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बिहीबार दिउँसो व्यापारी अरूण चौधरी र अजितनारायण सिंह थापालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
सीआईबी का अनुसार अरुण चौधरीलाई लाजिम्पाट स्थित निवासबाटै पक्राउ गरिएको जानाएको छ। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ। थापालाई प्रहरीले बत्तिसपुतली स्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको छ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उहाँहरिमाथि आरोप छ। सोही आरोपको सिआइबीले पक्राउ गरिएको जनाएको छ ।
अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुनुहुन्छ । उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।
बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ। उहाँहरुलाई वि.सं२०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ।



S.K. Creative Media Group