प्यूठान । प्यूठान नगरपालिका-८ बाग्दुला स्थित अस्थायी प्रहरी पोष्ट बाग्दुलालाई स्थानान्तरण गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले निर्देशन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्राबिधिक शाखाको प्राविधिक प्रतिवेदन अनुसार बिपद जोखिम भएकाले स्थानान्तरण गर्न निर्देशन आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयबाट निर्देशन आएको र उक्त विषयमा जिल्ला प्रशासन कार्यालय र प्यूठान नगरपालिकालाई जानकारी गराएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्टका लागि उपयुक्त स्थान खोज्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्लाको प्रमुख ब्यापारीक केन्द्र बाग्दुलाबाट प्रहरी चौकी हट्न नहुने स्थानीयले बताएका छन । धेरै मानिसको चहलपहल हुने र बैंक तथा ब्यापार ब्यबसाय भएकाले सुरक्षा आवश्यक पर्ने प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यले बताउनुभयो । “अस्थायी प्रहरी पोष्टमा जोखिम कम गरि सुरक्षित बनाउन पनि सकिन्छ,” उहाँले भन्नुभयो, “यस तर्फ ध्यान दिनुपर्छ, तर पोष्ट हटाउन हुँदैन ।”



S.K. Creative Media Group