प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानमा कार्यरत प्रहरीलाई परिवार योजना सम्बन्धि परामर्श सेवा प्रदान गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा सन्तान नभएर समस्यामा रहेका प्रहरी कर्मचारीलाई परामर्श सेवा दिईएको हो ।

“तनाबका बिभिन्न कारणहरु हुन्छन,” जिल्ला प्रहरी कार्यालय
प्यूठानका प्रमुख ईश्वर थापाले भन्नुभयो,”एउटा कारण सन्तान नहुनु पनि हो ।” समस्यामा रहेका ती प्रहरी कर्मचारी कर्मचारीहरुको तनावको कारण पत्ता लगाई तनाव व्यवस्थापन गर्ने उदेश्यले परिवार योजना सम्बन्धी परामर्श कार्यक्रम गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा विवाह भई समयमै सन्तान नभई समस्यामा रहेका १२ जना प्रहरी कर्मचारी तथा परिवारहरुलाई डा. प्रदिप कुमार श्रीवास्तवले चिकित्सा विज्ञानको दृष्टिकोणबाट सन्तान उत्पादन सम्बन्धमा, मनोविमर्शकर्ता शान्ति पण्डितले समयमै सन्तान नभएका कारण सिर्जना हुन सक्ने मनोसामाजिक समस्याको पहिचान र प्रमुख थापाले कर्मचारीको उत्प्रेरणा वृद्धि र परिवार व्यवस्थापनका लागि कर्मचारीको विदा र सहयोगका बारेमा परामर्श प्रदान गर्नुभएको थियो ।

डा.श्रीवास्तबले समस्यामा रहेका ब्यक्तिको अबस्थाबारे जानकारी लिएर चिकित्सकीय परामर्श दिएको बताउनुभयो । पश्चिम नेपालमै बुटवलमा ९ वर्ष पहिले आई.भि.एफ. प्रबिधिबाट सन्तान जन्माउने कामको शुरूवात गर्नुभएका डा.श्रीवास्तबले प्रहरी कार्यालयले गरेको यो परामर्श सेवा नयाँ र प्रभावकारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय