रमेश गिरी
प्युठान । एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे दाेस्राे जिल्ला परिषद पुण्यखाेला प्युठानमा सम्पन्न भएकाे छ । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध जिल्लाका शिक्षकहरुको उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो । दोस्रो जिल्ला परिषदले बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन शैक्षिक क्षेत्रमा भएका सबै विकृति अन्त्यका लागि एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।

शिक्षकहरू आफ्नाे पेशाप्रति बफादार भएर नलागेसम्म हामिले भनेजस्तो शैक्षिक गुणस्तर निकाल्न नसकिने नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी प्रकाशले बताउनुभएको छ । जिल्ला परिषद कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले शिक्षकले आफ्नो कर्तव्यलाई आत्मसात गरि शैक्षिक क्षेत्रको बिकासको लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक बिद्यालयको शैक्षिक सुधारमा लाग्नुपर्छ ।” पेशागत हकहितको लागि पार्टीले पैरवी गर्छ।” शिक्षकका समस्या समाधानमा हाम्रो संगठन हातेमालो गर्न तयार रहेकाे स्पस्ट पार्नुभयो ।
कार्यक्रममा जिल्ला संयाेजक यज्ञ बहादुर केसी, प्युठान नगरपालिकाका नगरप्रमुख विस्नु बहादुर याेगि, प्युठान नगरपालिकाका संस्थापक मेयर अर्जुनकुमार कक्षपती, फ्याक्सन ईन्चार्ज कृष्ण घिमिरे, जिल्ला परिषदमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका लुम्बिनी प्रदेशका उपाध्यक्ष बिस्नु प्रसाद पाेख्रेल, जिल्ला उपाध्यक्ष जायश्वर जैशी, राहात शिक्षक संगठनका अध्यक्ष हरिप्रसाद ज्ञवाली, अग्रज शिक्षक बामदेव पाेख्रेल लगायतका अतिथिहरूले शिक्षा क्षेत्रमा भएका समस्याहरू र समाधानका उपायहरू बारेमा धारणा राख्नु भएकाे थियाे ।
जिल्ला अध्यक्ष कमल जिसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत भाषण जिल्ला उपाध्यक्ष नर बहादुर घर्तिले गर्नु भएको थियाे । जिल्ला सचिव गाेपाल प्रसाद घिमिरेले संगठनकाे सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । जिल्ला परिषदमा प्युठान जिल्लाका ९ वटा स्थानीय तहका अध्यक्षहरूले पालिगत रूपमा रिपोर्टिङ गरेका थिए ।



S.K. Creative Media Group