प्यूठान । नेकपा (एमाले) प्यूठान नगर कमिटीले विभिन्न १६ बुँदे ध्यानाकर्षण पत्र प्यूठान नगरपालिकालाई बुझाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्न माग गर्दै नगर कमिटीले प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहाुदर योगीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नगरकमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी नेतृत्वको टोलीले नगर प्रमुख योगीलाई पत्र बुझाउनुभएको हो ।
ध्यानाकर्षण गरिएका विषयहरु
(१) प्यूठान नगरपालिकाको मुख्य शौन्र्दको रुपमा रहेको झिमरुक फाँटमा अव्यवस्थित रुपमा बन्दै गरेका घरहरुले जमिन कंङक्रिटमा परिणत हुँदै गएको छ । यसले गर्दा एकातिर खेतियोग्य जमिनि मासिँदै छ भने अर्कोतर्फ अव्यवस्थित बसोवासले ठूलो समस्या निम्त्याउँदै गएकोले भिमmरुक फाँट संरक्षण र ब्यबस्थीत बसोवासको विषयमा नीतिगत ब्यबस्था गरी प्रभावकारी कार्यान्वयन गरियोस ।
(२) नीजि घरहरुको घर निर्माण नक्सा पास अनिवार्य गरियोस र नक्सा पास बिना गराइएका घरधनीलाई छानबिन गरीयोस ।
३) नगरपालिका भित्रका सार्बजनिक जग्गा अधिकरण गर्ने नीति पास गरी उक्त कार्यमा भएको पक्षपातपूर्ण ब्यबहार हटाई एकरुपता कायम गरियोस ।
४) नगरपालिका क्ष्ँोत्रभित्रका सडकहरु निर्माण गर्दा सडक गुरुयोजना बनाई निश्चित मापदण्ड तय गर्ने र एक वडा एक पक्की सडक सञ्जालको नीति बनाई कार्यान्वयन अनिवार्य गरियोस ।
५) नगरको आन्तरीक आम्दानीको स्रोत ब्यबस्थीत र पारदर्शी गरी उक्त आम्दानी के मा कती खर्च गरीयो भन्ने बारे आम जनतालाई सुशुचित हुने वातावरण तयार गरियोस ।
६) प्रदेश सरकारको समेत प्राथमिकतामा राखेको बहुउद्देश्यीय सभाहल निर्माण योजना प्रति नगरपालिका उदासिन भएको जानकारी गराउदै नगर भित्र एक बहुउद्देसीय सभाहल निर्माणका लागि बजेट बिनियोजन गरी कार्यान्वयन गरियोस ।
७) जनप्रतिनिधि र कर्मचारी प्रसाशनलाई कानुनतः तोकीएकोे अधिकार निर्बाध रुपमा उपयोग गर्न सक्ने वातावरण कायम गरियोस, अनियमित कर्मचारी हेरफेर बन्द गरियोस ।
८) योजना तथा बजेट तर्जुमा प्रक्रिया टोलबस्ती, लक्षित समुदाय तथा जनमुखी, आवश्यकताका आधारमा नभई नेता कार्यकर्ता र जनप्रतिनिधी केन्द्रीत योजना निर्माण गरिएकोले तत्काल संशोधन गरी कार्यान्वयन गरियोस् ।
९) उपभोक्ता समिति गठन गर्दा गलत मनसायका साथ सेवाक्षेत्र बाहिरबाट उपभोक्ता समितिको पदाधिकारी चयन गर्ने गरिएकोले उक्त कार्य यथाशिघ्र बन्द गरियोस् ।
१०) फोहरमैलाको उचित व्यवस्थापन सहित प्रशोधन गरी बहुउपयोगि बनाइयोस् ।
११) नगरपालिका भित्र शैशिक संस्थाहरुमा संस्थागत हुदै गएको बढ्दो राजनीतिकरणले शैशिक गुणस्तर खस्कदै गएको कुरा कक्षा ८ को नतिजा र क्भ्भ् को नतिजाले प्रष्ट पार्दछ भने अर्कोतर्फ अहिले पनि कतिपय विद्यालयहरुमा विद्यालय व्यबस्थापन समिति समेत गठन नभएकोले शिक्षाक्षेत्रको गुणस्तर कायम गर्न नगर शिक्षा नीति बनाई प्रभावकारी कार्यान्वयन गरियोस ।
१२) सडक किनारामा बनाइएका अव्यवस्थित संरचना तथा टहराहरु ब्यवस्थापन हटाइयोस् ।
१३) नियमित सार्बजनिक सुनुवाइ, सामाजिक परिक्षण,LISA, FRA, GESI Audit GRB Analysis जस्ता सार्बजनिक जवाफदेहिताका औजारहरु उपयोग गरी सुशासन प्रवद्र्धनमा जोड दिँदै भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अवलम्बन गरियोस् ।



S.K. Creative Media Group