प्यूठान । प्यूठानमा लडेर एक महिलाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्वर ३ निवासी २७ वर्षीय भगवता थापामगरको लडेर मृत्यु भएको हो ।
माण्डवी गाउँपालिका वडा नम्वर ३ देबिस्थान र चकचकेको बीचमा रहेको भर्याङ पाखा भन्ने ठाउँबाट लडेर माडी नदीमा डुबेर ज्यान गएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो । गाई चराउन जाने क्रममा दिउसो करिब ३ बजे तिर लडेर माडी नदिको रहमा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।
प्रहरी घटना स्थलमा पुगेर शवको मुचुल्का गरेर पोष्ट मार्टम गर्न जिल्ला अस्पताल बिजुवार पठाएको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group