प्यूठान । सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । दोस्रो गाउँसभाको पन्ध्रौ अधिवेशनमा उपाध्यक्ष बसन्ता खड्काले ४० करोड ३६ लाख ४४ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी वर्षको लागि आर्थिक विकास तर्फ रु. ३ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तर्गत कृषि तर्फ रु. १ करोड ३७ लाख ०४ हजार , उद्योग तर्फ रु. २० लाख ४० हजार, पर्यटन तर्फ ७८ लाख ५० हजार, जलस्रोत तथा सिंचार्इ तर्फ रु. ५२ लाख ५० हजार, वन तर्फ रु.१ लाख ५० हजार र पशुपन्छी विकास तर्फ रु. ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी सामाजिक बिकास अन्तर्गत रु. २१ करोड ०७ लाख ६३ हजार ७ सय रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तर्गत सामाजिक सुरक्षा तथा संरक्षण तर्फ रु. ८५ लाख १९ हजार, युवा तथा खेलकुद तर्फ रु. ३१ लाख ६७ हजार, खानेपानी तथा सरसफार्इ तर्फ रु. २६ लाख ९९ हजार, भाषा तथा संस्कृती तर्फ रु. १३ लाख ७० हजार, शिक्षा तर्फ रु. १६ करोड २८ लाख ९७ हजार ७ सय स्वास्थ्य तर्फ रु. २ करोड ८६ लाख ९१ हजार र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु. ३४ लाख २० हजार विनियोजन गरिएको छ ।

त्यसैगरी पूर्वाधार विकास तर्फ रु. ४ करोड ७५ लाख ४४ हजार, सुशासन तथ अन्तरसम्बन्धित क्षेत्र तर्फ रु. २ करोड ६३ लाख ९८ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु. ८ करोड ४९ लाख ४४ हजार ३ सय रुपैयाँ विनियोजन गरिएको छ ।

यसरी कुल बजेट अन्तर्गत पुजिंगत तर्फ रु. ८ करोड ८९ लाख ३६ हजार रुपैयाँ अर्थात २२.०३ प्रतिशत र चालू तर्फ रु. ३१ करोड ४७ लाख ०८ हजार रुपैयाँ अर्थात ७७.९७ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय