प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्यूठानका जिल्ला संयोजक सुमन सुबेदीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
जिल्ला संयोजक सुबेदीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
सुबेदीले लेख्नुभएको स्टाटस-
आजको मितिदेखी राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु।
आफु जिम्मेवारीमा हुँदा पदको कहीं कतैपनि दुरुपयोग नहोस् भन्नेकुरामा अत्यन्तै सजक रहें, तैपनि कहीं कतै केही कमजोरी भएकोभए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु । समाज, मेरो बुझाइ र मेरो स्वभाव कँही कतै केही समस्या अबस्यै छ, त्यसैले मलाई म पार्टीगत राजनितिकोलागी योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले मानेन। यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिन। यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो। यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिन। अब धेरै साथीहरुलाई लाग्ला राजनितिमा प्रगति गर्न धैर्यता चाहिन्छ भनेर, आफ्नो प्रगती र उन्नतिको लागि राजनितिक पार्टीको प्रयोग सबैभन्दा ठूलो बेइमानी हो। हामिले आफ्नालागी केही मागेकै छैनौं भने धैर्यताको कुनै जरुरी छैन। बस् देश फेरिनु जरुरी छ, त्यसकालागि हामी फेरिनु आबस्यक छ। फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ। सकारात्मक परिबर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन।
जय देश।।।



S.K. Creative Media Group