प्यूठान । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । प्यूठानमा अहिले नजिताको विश्लेष्ण गर्ने काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा खड्काले बताउनुभयो ।
प्यूठानमा साधारण धार तर्फ १२ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका छन् । साधारण धारतर्फ तीन हजार ७३५ विद्यार्थी मध्ये चार सय ४४ जना मात्र उत्र्तिण भएको खड्काले जानकारी दिनुभयो । जसमध्ये ३० जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
प्राविधिक धारतर्फको नजिता तयार गर्ने काम भइरहेको खड्काले बताउनुभयो । “हामीलाई १ बजे नतिजा प्राप्त भएको थियो,” उहाँले भन्नुभयो,“रिजल्ट बनाउने काम भइरहेको छ साँझसम्म तयार हुन्छ ।”



S.K. Creative Media Group