प्यूठान । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा मल्लरानी गाउँपालिकाबाट ४० जना विद्यार्थी मात्र उत्तिर्ण भएका छन् । विहीबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार गाउँपालिका भित्रका सात वटा विद्यालयबाट ४० जना मात्र विद्यार्थी उत्तिर्ण भएका हुन ।
मल्लरानीमा सवैभन्दा बढी विद्यार्थी उत्र्तिण गर्ने संस्थागत विद्यालय रहेको छ । मल्लरानी बोर्डिङ स्कुलबाट १७ जना विद्यार्थीमध्ये आठ जना उत्तिर्ण भएका छन् ।
भानुभक्त माविबाट १२ जना, महेन्द्र माविबाट ११ जना, जनता मावि र जनजागृति माविबाट ३÷३ जना, अमर माविबाट २ जना र शारदा माविबाट एक जना विद्यार्थी उत्तिर्ण भएका छन् ।




S.K. Creative Media Group