प्यूठान । अविरल वर्षाको कारण गनाह-चकचके सडक खण्डको विभिन्न स्थानमा पहिरो जादा सडक अबरुद्ध भएको छ ।
गर्जेनी, मोतिपुर, खार्से खोला, बड्डडामा पहिरो गयर, ढुङ्गा खसेर, लेदो बगेर बाटो अवरुद्ध भएको छ ।
बाटो सुचार गर्न सडक डिभिजनको मेसिनले काम गरिरहेको छ । यस अघि खलंगा-बाग्दुला सडकको भालु पहरामा गएको पहिरो हटाइएको छ । हिजो रातिदेखि उक्त बाटो खुलेको छ ।


S.K. Creative Media Group