प्युूठान । नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले आजदेखि कारोबार बन्द भएको जनाएको छ ।
पालिकाले सूचना प्रकाशन गरेर बित्तीय प्रगति समेत सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत रहेको छ ।
चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय निकासा भएको थियो । जसमा १५ करोड १० लाख ५३ हजार २६६ रुपियाँ खर्च भएको पालिकाले जनाएको छ ।



S.K. Creative Media Group