प्यूठान । माण्डवी गाउँपालिकाको चालु आर्थिक वर्षमा ८३.५४ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ८३.७२ प्रतिशत र पुँजिगत खर्च ८३.१८ प्रतिशत रहेको छ ।
चालु तर्फ २९ करोड २० लाख ७६ हजार ३१२ बिनियोजन गरेकोमा २४ करोड ४५ लाख १४ हजार ३४१ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी पुँजिगत तर्फ १२ करोड १९ लाख ९४ हजार १०१बिनियोजित बजेट मध्ये १० करोड ८१ लाख २५ हजार ६९६ रुपियाँ खर्च भएको पालिकाले जनाएको छ ।



S.K. Creative Media Group