प्युूठान । झिमरुक गाउँपालिकाको चालु आर्थिक वर्षमा ८५.७५ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ८७.४३ प्रतिशत र पुँजिगत खर्च ८०.५३ प्रतिशत रहेको छ ।

झिमरुक गाउँपालिकाले सूचना प्रकाशन गरेर बित्तीय प्रगति समेत सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा चालु तर्फ ३८ करोड ९८ लाख बिनियोजन गरेकोमा ३४ करोड ८ लाख ६८ हजार ६ सय ३१ रुपियाँ ३०पैशा खर्च भएको झिमरुक गाउँपालिकाका लेखा अधिकृत पिताम्बर मरासिनीले जानकारी दिनुभयो।

त्यसैगरी पुँजिगत तर्फ १२ करोड ४९ लाख ६२ हजार ४ सय ८३ रुपियाँ १२ पैसा बिनियोजित बजेट मध्ये १० करोड ६ लाख २८ हजार ३ सय ८३ रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । प्रदेश समानिकरण २५ प्रतिशत संघीय समानिकरण ७ प्रतिशत बजेट निकासा नभएको गाउँपालिकाले जनाएको छ । त्यस्तै संघीय राजस्व बाडफाड बाट प्राप्त हुने रकम मध्ये१५ प्रतिशत र प्रदेशको राजस्व बाडफाडबाट ५ प्रतिशत रकम प्राप्त नभएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उपभोक्ता समिती मार्फत कार्यान्वयनमा लगिएका योजना तथा कार्यक्रमको भुक्तानी लिन उपभोक्ता समिती अन्तिम समयमा आउने भएकोले केही चाप भएपनि सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी तोकिएको समयमै भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय