प्यूठान । स्वर्गद्वारी नगरपालिकाको चालु आर्थिक वर्षको बित्तीय प्रगति सार्वजनिक गरेको छ ।

स्वर्गद्वारी नगरपालिकाको चालु आर्थिक वर्षमा चालु तर्फ ८८.११ प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर भण्डारीले बताउनुभयो । ८२ करोड १६ लाख १९ हजार ५५५ रुपियाँ बजेट बिनियोजन गरेकोमा ७८ करोड ११ लाख ३५ हजार ८५३ रुपियाँ मात्र निकासा भएको उहाँले बताउनुभयो । त्यसमध्ये ७२ करोड ३९ लाख ६३ हजार ५३३ रुपियाँ खर्च भएको छ ।

 

चालु तर्फ ८८.७९ प्रतिशत बजेट खर्च भएको छ । ५७ करोड ६४ लाख ६८ हजार ३५८ रुपियाँ मध्ये ५१ करोड १८ लाख ५८ हजार १७६ रुपियाँ खर्च भएको हो ।

 

त्यसैगरी पुँजिगत तर्फ ८७.४७ प्रतिशत बजेट खर्च भएको छ । २४ करोड २४ लाख ६६ हजार १९७ रुपियाँ मध्ये २१ करोड २१ लाख ५ हजार ३५७ रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय